सुनको मुल्यमा नयाँ किर्तिमान कायम

दक्ष खबर 15672+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा  कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य पनि पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार