कामपा-८ भित्रका विभिन्न क्लबहरूलाई खेलकुदका सामग्री वितरण

दक्ष खबर 16539+ समाचार ( )
२४ श्रावण २०८०, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा-८ ले वडा भित्र रहेका विभिन्न क्लबहरूलाई खेलकुदका सामग्रीहरू वितरण गरेको छ । 

वडाले खेलकुद क्षेत्रलाई प्रवर्द्धन सँगसँगै युवापुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न क्लबहरूलाई खेलकुदका सामग्रीहरू वितरण गरेको हो । 

कामपा-८ ले सिर्जनशील युवा क्लब, अमरकान्तेश्वर युवा क्लब, गौरि शंकर युवा क्लब लगायत वडा भित्र रहेका सक्रिय क्लबहरूलाई खेलकुदका सामग्रीहरू बल, जर्सि, बुट, चेस बोर्ड, टेवल टेनिस बोर्ड लगायतका सामग्रीहरू वितरण गरेको वडा अध्यक्ष आशामान संगतले जानकारी दिनुभयो । 

उहाँले दशैँ अगाडि नै वडास्तरिय फुटबुल प्रतियोगिता समेत आयोजना गर्ने तयारी रहेको समेत जानकारी दिनुभयो । 

वडाले विभिन्न खेलकुदका सामग्री सहित खेलाडीहरूलाई प्रोत्साहन गर्दै आइरहेको छ । वडाले मंगलबार पिंगला तेक्वान्दो डोजाङलाई ६४ स्थान म्याट समेत उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार