एसईईमा वेद विद्याश्रमको उत्कृष्ट नतिजा : ८५ प्रतिशतभन्दा बढी विद्यार्थी ए प्लसमा, मन्त्री पाण्डेद्वारा सम्मान

दक्ष खबर 15668+ समाचार ( )
१९ आषाढ २०८२, बिहीबार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित नेपाल वेदविद्याश्रम  संस्कृति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयका १४ जना परीक्षार्थीमध्ये ११ जनाले ए प्लस र ३ जनाले ए ग्रेड हासिल गरेका छन्।

संस्कृत भाषा र साहित्यमा आधारित शिक्षालय नेपाल वेदविद्याश्रमले यसपटक ८५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई ए प्लसमा पुर्‍याउनुका साथै सम्पूर्ण विद्यार्थीलाई उतीर्ण गराएर शिक्षा क्षेत्रमा अनुकरणीय उदाहरण प्रस्तुत गरेको हो।

उक्त उपलब्धिप्रति खुशी व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विद्यालयलाई एक औपचारिक समारोहमार्फत बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रममा मन्त्री पाण्डेले संस्कृत विषयको अध्ययन आफैँमा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै भन्रुभयाे, “संस्कृत व्याकरण र साहित्यजस्ता कठिन विषयमा समेत ३.९५ सम्मको जीपीए ल्याउनु गौरवको विषय हो।”

उहाँले, “नेपाल वेदविद्याश्रमले यसपटक जुन प्रेरणादायी नतिजा देखायो, यो संस्कृत शिक्षाको उज्यालो सम्भावनाको संकेत हो। संस्कृत र अंग्रेजी दुवैमा दक्ष विद्यार्थी संसारको जुनसुकै कुनामा काम लाग्ने हुन्छन्।”

त्यस अवसरमा मन्त्री पाण्डेले मन्त्रालय अन्तर्गतका अन्य निकायहरूको प्रगतिको चर्चा गर्दै, “सांस्कृतिक संस्थानले मात्रै ७० प्रतिशत नाफा कमाउन सफल भएको छ भने वेदविद्याश्रमले प्राप्त गरेको शैक्षिक सफलता संस्थागत प्रतिबद्धताको सशक्त उदाहरण हो।”

विद्यालयका प्रधानाध्यापक केशवप्रसाद अधिकारीले, 'विगत १० वर्षदेखि एसईईमा शत प्रतिशत उतीर्णको परम्परा कायम राख्दै आएको जानकारी गराउनुभयो।' उहाँले,' सीमित स्रोतसाधनबीच पनि संस्कृत अध्ययनतर्फ विद्यार्थीको आकर्षण बढ्दो रहेको बताउनुभयो।'

प्राचार्य अधिकारीका अनुसार विद्यालयमा हाल कक्षा ४ देखि १२ सम्म अध्यापन हुँदै आएको छ। विद्यालयमा १५ जना शिक्षकमध्ये ७ जना आंशिक शिक्षक छन् भने उहाँ स्वयम् मात्र स्थायी शिक्षक हुनुहुन्छ।

पशुपति क्षेत्र विकास कोष अन्तर्गत सञ्चालनमा रहेको विद्यालयमा हाल १०९ जना छात्र छात्रावासमा बसेर अध्ययनरत छन् भने २१५ जना छात्र छात्रावासबाहिरबाट अध्ययन गरिरहेका छन्।

विद्यालयको निरन्तर शैक्षिक उन्नयन सुनिश्चित गर्न कोषबाट कुनै कसर बाँकी नराखिने कोषका निमित्त सचिव सुभाष जोशीले जानकारी दिनुभयो । उहाँले संस्कृत शिक्षाको विस्तार र प्रवर्द्धनमा वेदविद्याश्रमले खेलेको भूमिकालाई थप प्रभावकारी बनाउन मन्त्रालयको तर्फबाट निरन्तर सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार