कान्तिपुर थिएटरको पहिलो प्रस्तुति नाटक ‘मीरा’ आजबाट प्रदर्शन हुदैँ

दक्ष खबर 16544+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

काठमाडाैँ । कान्तिपुर थिएटरको पहिलो प्रस्तुति नाटक ‘मीरा’ आजबाट प्रदर्शन हुने भएकाे छ । कान्तिपुर फिल्म एकेडेमी गैह्रिधारामा साँझ ५ः३० बजेबाट नाटक प्रदर्शन हुनेछ । 

‘मीरा’ ले समाजमा रहेका विभिन्न भावनात्मक उतारचढाव, पारिवारिक सम्बन्धहरू, र सामाजिक संरचनासागको संघर्षलाई उजागर गर्ने  निर्देशक सुन्दर धितालले बताउनुभयाे । नाटकले प्रेम, स्वतन्त्रता, र आफ्नो पहिचान खोज्ने यात्रामा समाजले लगाउने नियम, परम्परा र अपेक्षा देखाउने  धितालले बताउनुभयाे । 

‘मीरा’ दीपक सिंजालीद्वारा लिखित नेपाली उपन्यास हो । यो उपन्यासकाे मुख्य पात्र ‘मीरा’ नाम गरेकी युवती हुन् । जसको जीवनमा आउने विभिन्न भावनात्मक उतारचढाव, पारिवारिक सम्बन्धहरू, र सामाजिक संरचनासँगको संघर्षलाई गहिरो रूपमा चित्रण गरिएकाे छ ।

‘मीरा’  प्रेम, स्वतन्त्रता, र आफ्नो पहिचान खोज्ने यात्रामा समाजले लगाउने नियम, परम्परा र अपेक्षासाग जुधिरहेकी पात्रको कथा हो । उपन्यासमा सोह्रौँ शताब्दीकी कृष्णभक्तिनि मीराबाईको मिथकलाई सामान्यिकरण गरिएको छ ।

नाटककाे मुख्य भुमिकामा अभिनेत्री रेखा थापा रहनु भएकाे छ ।  उक्त नाटकाे निर्माताका रूपमा रमेश पुरी रहनुभएकाे छ भने, परिकल्पना तथा निर्देशक सुन्दर धितालले गर्नुभएकाे हाे ।  त्यस्तै, नाटकमा कलाकारका रूपमा विशाल पहारी, विन्दा खतिवडा, विशाल देवकोटा, गीत बिस्ट, डोरेश खतिवडा, उन्नत उप्रेती, र सुनिल खड्‌का रहनु भएकाे छ । 

नाटककाे सहनिर्देशन अनिरूद्ध आत्रेय र प्रकाश दाहालले गर्नुभएकाे हाे भने, संगीत तथा गायन विश्व काफ्लेकाे रहेकाे छ । नृत्य निर्देशन दिव्या सेढाईले गर्नुभएकाे छ भने, व्यवस्थापकिय भूमिकामा भूमिका खड्‌का, भेषभुषा डिजाइनमा यमुना गुरुङ्ग, मंच परिकल्पना संगीत सापकोटा,  मञ्च निर्माणमा हुम बि सी र प्रकाश परिकल्पनामा आदित्य मिश्रले गर्नुभएकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार