कामपा ८ ले बैशाख १५ बाट 'वडाअध्यक्ष कप फुटसल प्रतियोगिता' आयोजना गर्दै

दक्ष खबर 16544+ समाचार ( )
२४ फाल्गुन २०८२, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले सेभेन ए साइड 'वडाअध्यक्ष कप' फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज वडाअध्यक्ष आशामान संगतको संयोजकत्वमा बसेको बैठकले आगामी बैशाख १५ गतेबाट सञ्चालन गर्ने गरी तयारी शुरूवात गरिएको हो । 

वडाअध्यक्ष संगतले,"आगामी बैशाख १५ गतेबाट सेभेन ए साइड फुटसल वडाअध्यक्ष कप प्रतियोगिता आयोजना गर्ने गरी तयारी अगाडि बढाईएको र भव्यताका साथ सम्पन्न गर्ने गरी तयारी गरिएको बताउनुभयो ।"


उहाँले, 'आजको बैठकले वडासदस्य शेखर देउलाको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गर्दै भव्यता र सब्यताका साथ खेललाई अगाडि बढाउने बताउनुभयो ।' 

वडाअध्यक्ष संगतले खेललाई भब्य र सब्यताका साथ आयोजना गर्न खेललाई मार्चपास सहित संस्थागत झण्डा र राष्ट्रिय झण्डा अनिवार्य रूपमा सहभागी गराउनुपर्ने बताउनुभयो ।

'लिक/नकआउटको चरणमा खेल अगाडि बढाउने बताउँदै वडासचिव उमेश कुमार मेहताले सहभागी संघ संघसंस्थाहरू वडामा अनिवार्य रूपमा दर्ता तथा नविकरण हुनुपर्ने, सहभागी खेलाडीहरू वडाभित्रकै रहनुपर्ने बताउनुभयो । यस पटक विभिन्न ८ वटा संघसंस्थाहरू सहभागी हुने र केही थपघट हुनसक्ने बताउनुभयो ।


वडाले विभिन्न कारणले वडा अध्यक्षलाई विगतका दुई वर्षमा निरन्तर अगाडि बढाउन नसकिए पनि आगामी बर्षहरूमा निरन्तर अगाडि बढाउने लक्ष्य तय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार