प्रोगेसिभ एजुकेसनल फोरमको सोह्रौँ वार्षिकोत्सव सम्पन्न : विभिन्न व्यक्तिहरु सम्मानित

दक्ष खबर 16544+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार

काठमाडौँ । प्रोगेसिभ एजुकेसनल फोरम चावहिलले स्थापनाको सोह्रौँ वार्षिकोत्सवका अवसरमा फोरममा आवद्ध दश संस्थागत विद्यालयहरुको संयुक्त कार्यक्रम सम्पन्न गरेको छ । 

राष्ट्रिय नाचघर जमलमा आयोजित समारोहमा फोरमले सोह्रौँ वार्षिकोत्सवका अवसरमा फोरममा आवद्ध दश संस्थागत विद्यालयहरुको संयुक्त कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठलाई दोसल्ला ओढाएर अभिनन्दन पत्रले सम्मान गरिएको थियो । साथै उक्त अवसरमा फोरमभित्रका विद्यालयमा लामो समयदेखि अध्यापन गरइरहनु भएका शिक्षक, शिक्षिका तथा कार्यरत कर्मचारीहरूलाई दीर्घसेवा पदकले सम्मान गरिनुका साथै विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

प्रोगेसिभ एजुकेसनल फोरमका अध्यक्ष कवि, साहित्यकार, महाकाव्यकार एवं ज्ञानद्वीप शिक्षा सदनकी प्राचार्य सीता भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने, काठमाडौँ महानगरपालिका शिक्षा विभागका यमनाथ चौलागाईंको विशेष आतिथ्यता रहेकाे थियाे ।   

कार्यक्रममा गायन तथा नृत्य प्रतियोगिता अन्तर्गतका मुल्याङ्कनकर्ताका रुपमा रेखा कटुवाल श्रेष्ठ, सुशिला थापा, विपिन घिमिरे तथा शिला बिष्ट तथा सांस्कृतिक संस्थानकी अधिकृत पवित्रा पङ्गेनीका साथै काठमाडौँ मेट्रो प्याब्सनका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ फोरमसँगै आवद्धता जनाएका बिद्यालयका सञ्चालक समितिका अध्यक्षहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । 

कार्यक्रममा महान सिद्धार्थ हाईस्कूलका बिद्यार्थीहरुले राष्ट्रीय गानका साथै स्वागत गीत प्रस्तुत गर्नुका साथै अनमोल ज्योति सेकेण्डरी स्कूलका बिद्यार्थीहरुद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।

फोरमसँग आवद्धता जनाएका दश बिद्यालयका बिद्यार्थीहरुद्वारा विभिन्न जातजाती भेषभूषा र संस्कृति झल्कने नृत्यहरुको प्रतिस्पर्धाको आयोजना गरिएको उक्त कार्यक्रममा नृत्यतर्फ अनमोलज्योति प्रथम, मोक्षदा स्कूल द्वितीय, महान सिद्धार्थ तृतीय, र क्रमशः सेन्टलरेन्स चतुर्थ भएको थियो । कार्यक्रममा न्युमोनिक बिद्यालयले प्रोत्साहन पुरस्कार प्राप्त गरेका थियो । 


यसैगरि गायन तर्फ न्युमोनिक एकेडमी प्रथम, मिसन पब्लिक द्वितीय न्यूसनसाइन तृतीय तथा सेन्ट लरेन्सले सानत्वना पुरस्कार प्राप्त गरेका छन् । उक्त समयमा प्रोग्रेसिभ एजुकेसनल फोरम अन्तर्गतको न्युमोनिक बिद्यालयकी पुर्व बिद्यार्थी तथा नेपाल आईडल सिजन थ्रि का बिजेता सज्जा चौलागाईंले समेत आफ्नो प्रस्तुति दिएकी थिइन् ।

उक्त अवसरमा काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम राइले मन्तव्य राख्दै रोजगारीका सन्दर्भमा निजी बिद्यालयहरुको तर्फबाट सायद सबैभन्दा बढी रोजगारीको प्रत्याभूति दिएको क्षेत्रको मुना निमोठ्ने काम हुन नहुने कुरामाा जोड दिनुभयो । 

उहाँले देशको समग्र शिक्षा क्षेत्रको करिव ३० प्रतिशत योगदान दिने निजी बिद्यालयलाई उपेक्षा गरिनु नहुने बताउदै कविता बाचन गर्नु भएको थियो । कार्यक्रममा सेन्टलरेन्स स्कुल तथा कलेजका प्रधानाध्यापक पुरूषोत्तम महर्जनले वरिष्ठ गायक दीप श्रेष्ठलाई सम्मान गर्न पाउँदा अत्यान्त खुशी लागेको बताउँदै विजयी बिद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।  शिक्षा तथा समन्वय एकाईका परीक्षा प्रमुख फणिन्द्र घिमिरेले शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रमको अन्त्य गर्दै सभापति सीता भट्टराईले प्रोगेसिभ एजुकेसनल फोरमले आफ्नो स्थापनाको सोह्रौं बार्षिकोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न अहोरात्र खटेर सहयोग गर्ने ब्यवस्थापन समिति लगायत बिजेता बिद्यार्थी भाई बहिनीहरुको प्रशंसा गर्दै स्रष्टा सम्मानको पहिलो प्रयास स्वरूप बरिष्ठ गायक दीप श्रेष्ठलाई सम्मान गर्न पाउँदा खुशी ब्यक्त गर्नुभो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार