राजावादीको आन्दोलन अर्थहिन छ : सभापति शेरबहादुर देउवा

दक्ष खबर 16544+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार
महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा समर्थकले प्रदर्शन गर्नु अर्थहिन रहेको धारणा व्यक्त गर्नुभएको छ ।


कांग्रेसका स्व नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृतिसभा, सालिक अनावरण र उहाँका बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमका लागि यहाँ आउने क्रममा आज जनकपुरधाम विमानस्थलमा पत्रकार सम्मेलनमा सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको टिप्पनी गर्नुभयो ।

पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्र विरोधी गतिविधि भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उहाँले उल्लेख गर्नुभयो । सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गर्नुभयो ।

सभापति देउवा धनुषामा भोलिसम्म हुने विभिन्न कार्यक्रममा सरिक हुनुहुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार