काठमाडौँ । फेश अफ जनकपुर हन्ट-२०२३ को पहिलो संस्करणको उपाधि गजल कर्ण र शिवम भगतले हात पार्नुभएको छ । वैशाख ८ गते सम्पन्न जनकपुर धाममा गर्ग प्रोड्क्स्न हाउस र साह ईन्टरटेन्मेन्ट कम्पनिले आयोजना गरेको प्रतियोगितामा बिजेतालाई पुरस्कार हस्तान्तरण गरिएको हो ।
नगद रू १ लाख रुपैयाँका साथै अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङहरूमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर आदी प्राप्त गरेका छन । कार्यक्रममा फस्ट रनर अपको उपाधि दिपिका साही र कृष्ण कुमार यादवका साथै सेकेन्ड रनर अपको उपाधि पुजा माहासेठ र रघुनन्दन सिन्हले जितेका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा अन्तर्राष्ट्रिय मोडेल तथा नायक दीपक घिमिरे, मोडेल /ट्रेनर लभिन अन्सारी ,र मोडेल तथा बियुटिशिएन दिपिका उपाध्री रहनुभएको थिए । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र माहासेठ रहनुभएको थियो। साथै अन्य थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु पनि देखिएको थियो।