१० हजार ४ सय केजी प्याजसहितको गाडी नियन्त्रणमा

दक्ष खबर 16544+ समाचार ( )
१० वैशाख २०८१, सोमबार
बुटवल । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट बैशाख ९ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको छ ।

भारतबाट अबैध रुपले नेपालमा ल्याई राखेको प्याज र मेशिन ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।
 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार