काठमाडौँ । गायक समीर घिसिङ 'भिटेन' ले चन्द्रपुर नगरपालिका वडा ४ मा आफ्नो प्रस्तुति दिने भएका छन् ।
उहाँले सोमबार चन्द्रपुर नगरपालिका वडा ४ जंगलटोलकी २२ वर्षीया सुजाता कार्कीको दुवै मृगौला प्रत्यारोपणका लागि आयोजित सांस्कृतिक तथा च्यारिटी कन्सर्टमा आफ्नो प्रस्तुति दिन लागेका हुन् ।
मृगौला पिडित सुजाताको पारिवारिकस्थिति कम्जोर रहेकाले सामाजिक सेवा स्वरूप उपचारको सहयोगार्थ कात्तिक १९ गते सांस्कृतिक तथा च्यारिटी कन्सर्ट आयोजना गरिएको साजन दाहालले बताउनुभयो ।
उहाँले कार्यक्रममा -यापर समीर घिसिङ सहित विभिन्न ब्यक्तिहरूको प्रस्तुति रहने बताउनुभयो । कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नं. ४ जंगलटोलस्थित तुल्सिलाल अमात्य खेल मैदानमा हुने दाहालले बताउनुभयो ।
चिडियादह स्टार क्लब र एच. ओ. जीको संयुक्त आयोजनामा सांस्कृतिक तथा च्यारिटी कन्सर्ट कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
यस सांस्कृतिक तथा च्यारिटी कन्सर्ट मार्फत संकलित सम्पूर्ण रकम सुजाता कार्कीको मृगौला प्रत्यारोपणका लागि खर्च गरिने बताउनभयो ।