कामपा वडा ८ द्वारा उपभोक्ता र पदाधिकारीहरूका लागि योजना कार्यान्वयन सम्बन्धि तालिम सम्पन्न

दक्ष खबर 16545+ समाचार ( )
२४ अशोज २०८०, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ को आयोजनामा उपभोक्ता र अनुगमन समितिका पदाधिकारीहरूका लागि योजना कार्यान्वयन सम्बन्धि तालिम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बिच तिर्थ भक्त स्याउलाले स्थानीय तहमा पछिल्लो समय निर्माण कार्यहरू सम्पन्न गर्नका लागि गठन गरिनु पर्ने उपभोक्ता समिति सहित यसको गठन, काम कार्वाही एवं यसले गर्ने कामका विषयमा चर्चा परिचर्चा गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले, 'वडास्तरबाट आयोजना हुने यस्ता विविध क्रियाकलापहरूले वडा अन्तरगत निर्माण हुने मठमन्दिर, बाटो, ढल आदि निर्माण गर्दा अनिवार्य रूपमा गठन गरिनु पर्ने उपभोक्ता समितिहरूलाई मध्यनजर गर्दै सहज हिसावले काम गर्न सहज होस भन्ने हेतुले तालिमको आयोजना गरिएको बताउनुभयो ।


उहाँले, कतिपय काम कार्वाहीहरू आफुहरूले अगाडि बढाए पनि यसको प्रक्रिया नबुझ्दा अलमल हुने र यसको काम गर्ने तरिका यसले प्रदान गर्ने जफाादेहित, कागजपत्र देखि विविध समस्याहरू समाधान होस् भन्ने हेतुले यस्ता तालिमहरू वडाले स्थानीय वासिन्दाहरूलाई उपलब्ध गराइरहेको बताउनुभयो ।

त्यस्तै, उपस्थित जनमानसलाई आवश्यक कुराको जानकारी दिदैँ तिर्थ भक्त स्याउलाले, 'काम गर्ने भन्दा पनि कसरी त्यसको प्रक्रियालाई बुझ्ने र त्यसै अनुसार काम गर्ने भन्ने कुरा चुनौतीपूर्ण रहेको बताउनुभयो '।

उहाँले कुनैपनि निर्माण कार्यलाई पूर्णरूपमा अगाडि बढाउन उपभोक्ता समिति आवश्यक पर्ने र यसलाई कसरी पूर्णता दिने, यसमा कस्तााकस्ता प्राावधानहरू रहन्छ, यसले गर्ने काम के के हो र किन यो आवश्यक छ र यस मार्फत काम गरिसकेपछि भुक्तानी लिने समयमा कसरी कागजपत्र मिलाउने के के र कस्ताकस्ता कुरामा सहमति हुनु पर्छ भन्ने कुराको विषयमा जानकारी दिनुभयो ।

त्यस्तै, तालिम पश्चात् सहभागीहरूले तालिम मार्फत वडाले स्थानीयहरूलाई जुन कुराको महत्त्व बुझाउन खोजेको छ यो अत्यन्तै उपयोगी रहेको बताएका छन् । कार्यक्रममा वडा अध्यक्ष आशामान संगत, वडा सदस्य सहित वडा भित्र रहेका विभिन्न उपभोक्ता समितिका पदाधिकारी सहित विभिन्न तह र तप्काका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार