बालेनको ओलीलाई कटाक्ष, 'दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ' भनेर थम्थमाउनु भएछ !

दक्ष खबर 15672+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालसकाका मेयर बालेन शाहले १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउने प्रयास भईरहेको बताउनुभएको छ । 

आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उहाँले,'झापा गिरिबन्धुमा बैना लिनेहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं " भनेर थम्थमाउनु भएको बताउनुभएको हो 

उहाँले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ, '१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं " भनेर थम्थमाउनु भएछ   । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।  

यहि  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । 

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।'

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार