राष्ट्रपति रामचन्द्र पौडेलद्वारा काठमाडौंका महत्वपूर्ण शक्तिपीठको दर्शन
५ कार्तिक २०८०, आइतबार
काठमाडौँ । बडादसैंको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंका महत्वपूर्ण शक्तिपीठको दर्शन गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज गुहेश्वरी, मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली लगायतका शक्तिपीठ पुगेर दर्शन सहित पुजा अर्चना गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नु भएको हो ।
दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ। बडादशैँको आठौं दिन आज मुलुकभरि माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ।