बारा । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंबाट यात्रा थालेको करीब ५० जना राइडरलाई पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत गरिएको छ । बुधबार बिहान ८ बजे नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीबाट फ्यालग अफ गरेर सुरुवात भएको बाइक टुर पर्सा राष्ट्रिय निकुञ्जमा अपरान्ह ४ बजे पुगेको हो ।
दिउँसो १ बजे मकावनपुरगढी आइपुगेको राइडरहरुलाई मकावनपुरगढी वडा नं २ का वडा अध्यक्ष बखानसिंह पाख्रिनले स्वागत गरेका थिए । मकावनपुरगढीका स्थानिय सरोकाहरुरसँग अन्तर्रक्रिया गर्दै राइडरहरु हेंटौडा हुँदै बारा (पर्सा राष्ट्रिय निकुञ्ज) तर्फ निस्किएका थिए ।