कक्षा १२ को नतिजा सार्वजनिक अन्तिम तयारीमा, यसरी हेर्न सकिन्छ !

दक्ष खबर 15672+ समाचार ( )
२९ श्रावण २०८०, सोमबार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका सहसचिव एवं प्रवक्ता गङ्गाबहादुर अर्यालले नतिजा प्रकाशनका लागि अन्तिम तयारी भई रहेकले बताउनुभयो । उहाँले आजै परीक्षाफल प्रकाशन हुन सक्ने सम्भावना भने न्यून रहेको स्पष्ट पार्नुभयो ।

नतिजा सार्वजनिकका लागि नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइट मार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ । बोर्डले साउनभित्रमै नतिजा प्रकाशन गरिसक्ने प्रतिबद्धता जनाएको छ ।

वैशाख २६ देखि जेठ ५ गतेसम्म भएको परीक्षामा ४ लाख ६७ हजार ३ सय ८९ जनाले परीक्षा दिएका थिए ।


प्रतिक्रिया

Rabita Kumari २९ श्रावण २०८०, सोमबार

Websites no opening helps me sir

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार