काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति मन्दिर वरपर मासु र मदिरामा निषेध गरेको छ । हिन्दु नारीहरूको महान पर्व तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस्तो आदेश जारी गरेको हो ।
आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ ।
पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।