बिहीवारको संसद बैठकमा रवि लामिछानेको विषय उठान गर्ने रास्वपा संसदीय दलको निर्णय

दक्ष खबर 16544+ समाचार ( )
२३ पौष २०८१, बुधवार

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले आगामी संसद बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिनुभयो । उहाँले दलको बैठकमा तीन वटा एजेण्डाहरु रहेको र जसमा संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शुन्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको बताउनुभयो । उहाँले पार्टी सभापति रवि लामाछिनेका विषयमा संसदमा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि बताउनुभयो ।  

उहाँले भन्नुभयो,‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौं । संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शुन्य समयमा उठाउनुपर्ने विषयका थिए । अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा,सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गरौं । अध्यादेश अस्वीकारको सूचना संसदमा दर्ता गराएका छौं । त्यसमा बोल्ने सांसदहरु नाम टुंग्याएका छौं । विधेयक अध्ययन समितिलाई चलायमान बनाउने निर्णय गरेका छौं ।’

उहाँले संसदमा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरुको नाम समेत टुङ्गो लगाएको उल्लेख गर्नुभयो । न्युज एजेन्सी नेपाल


 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार