गोकर्णेश्वर नगरपालिकाको ११औँ नगर सभा सम्पन्न : नगर सभाबाट नीति तथा कार्यक्रम पारित !

दक्ष खबर 16544+ समाचार ( )
९ आषाढ २०८०, शनिबार

काठमाडाैँ ।  गोकर्णेश्वर नगरपालिकाको ११औँ नगर सभा सम्पन्न भएको छ । ११औँ नगर सभा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालको अध्यक्षतामा सम्पन्न भएको हो  ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको थियो भने,  विशेष अतिथिका रूपमा सांसद शान्ती श्रेष्ठ, प्रदेश सांसद छिरिङ दोर्जे लामा, विमल ठकुरी, पुर्व मन्त्री रामेश्वर फुयाल, पुर्व सांसद कृष्ण राज राई, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, नगरकमिटिका अध्यक्षहरु समाजसेवी, बुद्धिजीवी, कर्मचारी, साहित्यकार, कलाकार पत्रकार लगायत स्थानिय वासीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसालले आ. व. २०७९/८० को नीति कार्यक्रम तथा बजेट कार्यन्वयन अन्तिम चरणमा रहेको जानकारी गराउँदै बिगतका वर्षको नीति बजेट र कार्यक्रम कार्यन्वयनको अनुभव र सिकाइबाट नगरको दिगो र सन्तुलित बिकासका लागि ठोस रुपमा अगाडि बढाइने जानकारी गराउँदै नगर सभाले पारित गरेको नीति तथा कार्यक्रमले नगरपालिकाको बजेट र योजना तथा कार्यक्रम निर्माणमा प्रशस्त मार्गनिर्देश गर्ने बारेमा बिश्वस्त रहेको बताउनुभयो ।

नगर प्रमुख रिसालले आ. व. २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीति तथा कार्यक्रम तर्जुमा गर्दा मुख्यतया ७ वटा बिषय क्षेत्रहरु रहेको बताउनुभयो । 

१. गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गर्ने,

२. सिपमुलक कार्यक्रमहरु मार्फत नागरिकलाई स्वरोजगार र आत्मनिर्भर बनाउने,

३. आधुनिक प्रबिधिको माध्यामबाट फोहोरमैला वर्गीकरण र ब्यबस्थापन,

४. प्राबिधिक, व्यवसायिक गुणस्तरीय शिक्षामा जोड,

५. स्थानिय कृषि उत्पादन र उत्पादकत्वको वृद्धि गरि आय आर्जन र रोजगारीका क्षेत्र फराकिलो बनाउने,

६. सेवाग्राही मैत्री सार्बजनिक प्रशासन संचालन गर्ने संस्थागत सुशासनमा जोड र

७. दिगो बिकास वातावरण संरक्षण र बिपद ब्यवस्थापन लगायतका कार्यहरुमा बिशेष गरि जोड दिइने 

नगर प्रमुख रिसालले नीति तथा कार्यक्रम तर्जुमा गर्दा नेपालको संविधानको प्रस्तावना, मौलिक हक, राज्यका निर्देश सिद्धान्त र नीतिहरु स्थानीय आर्थिक कार्य प्रणाली एवं एकल तथा साझा अधिकार सुची, स्थानिय सरकार संचालन ऐन २०७४ ले ब्यवस्था गरेका स्थानीय सरकारका काम कर्तव्य अधिकार र दायित्व, संघिय सरकार र प्रादेशिक सरकारले अबलम्बन गरेका नीति प्राथमिकता, आर्थिक तथा बित्तीय नीति, अन्तर्राष्ट्रिय जगतमा जनाएका प्रतिबद्धता सन्धि सम्झौता र महासन्धीहरु, नगरपालिकाको क्षेत्रगत नीति, रणनीति योजना प्रतिबेदन, बिकासका समसामयीक मुद्दा सामाजिक संरक्षण जलवायु परिवर्तन बिपद ब्यवस्थापन स्थानीय शासन, पुर्ण खोप युक्त तथा उर्जा संकट लगायतका अन्तर सम्बन्धीत बिषयका आधारमा बनाईएको बताउनुभयो ।

त्यसैगरी, नगर प्रमुख रिसालले नगर अन्तर्गतका ९ वटै वडा भित्रका क्षेत्रगत आधारमा स्वास्थ्य, शिक्षा युवा तथा खेलकुद, कृषि तथा पशु विकास,फोहोर मैला ब्यवस्थापन, वन वातावरण तथा विपद ब्यपस्थापन, धर्म संस्कार संस्कृति कला र साहित्य संरक्षण, पर्यटन प्रवर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, उधोग सहकारी र रोजगारी सहरी बिकास तथा पुर्वाधार, सुचना तथा सञ्चार प्रबिधि, शुसासन, योजना तथा कार्यक्रम ब्यवस्थापन, लगानी ब्यवस्थापन दिगो बित्त ब्यवस्थापन कानुन तथा मानव अधिकार न्याय सम्बन्धी कार्यक्रमहरु बुँदागत रुपमा स्पष्ट पारिएको थियो ।


राष्ट्रिय स्वतन्त्र पार्टीका मनोज ढुंगाना, राप्रपा नगर कमिटीका अनिल पराजुली, नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष मान बहादुर तामाङ, नेकपा एमालेका अध्यक्ष उद्धव बिस्ट, नेपाली कांग्रेसका नगर अध्यक्ष कुमार लामा, प्रदेश सांसद बिमल ठकुरी, छिरिङ दोर्जे लामा, पुर्ब मन्त्री रामेश्वर फुयाल, पुर्व सांसद कृष्ण राज राई लगायतले यो आर्थिक वर्षको बजेट नीति तथा तर्जुमा कार्यक्रमले यस नगरपालिकाको समग्र बिकासका लागि सम्बोधन गर्ने जनाउँदै कार्यक्रमको पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नुभइको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा सम्पन्न कार्य प्रगती गतिविधिहरुलाई प्रमुख अतिथि सन्तोष चालिसेले देशको आर्थिक अवस्था धरासयी हुँदै गएको यो कठिन अवस्थामा सम्पुर्ण नागरिकहरु गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताउनुयो । विगत ६ वर्षदेखि नगरको समृद्धिका लागी नगरका वडा १, २, ३ र ४ वडालाई कृषी पकेट क्षेत्र घोषणा गर्दै लाखौँ अनुदान दिइएको बताउनुयो । सांसदमा पनि नगरपालिकाको बारेमा कुरा राखेको बताउदै संसद कुस्ती खेल्ने ठाउँ नभई नीति निर्माण गर्ने ठाउँ भएको बताउनुयो । अब कुनै पार्टी दल गुट नभई सम्पुर्ण नगरबासी मिलेर अगाडि बढ्न सबैलाई अनुरोध गर्दै चालिसेले शुभकामना ब्यक्त गर्नुभयाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार