नाट्य प्रशिक्षक एवं रङ्गकर्मी टंक चौलागाईंको नेतृत्वमा प्रज्ञा कुञ्जानमा नाटक सप्ताह

दक्ष खबर 16649+ समाचार ( )
३० जेठ २०८०, मङ्गलबार



काठमाडौँ । नाट्य प्रशिक्षक एवं रङ्गकर्मी टंक चौलागाईंको नेतृत्वमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा विगत १२ वर्षदेखि नाट्य शिक्षालाई विषयगत रुपमा पठनपाठन भइरहेको छ । पठनपाठन मात्रै नभएर सम्पूणर् विद्यार्थीहरुले थिएटरमा नाटक मञ्चन गर्दै आइरहेका छन् । हरेक वर्ष विभिन्न थिएटर अनि कहिले आफ्नै विद्यालयमा ‘मोबाइल थिएटर’ स्थापना गरेर नाटक सप्ताह मनाउँदै आइरहेको छ । 

यो वर्ष कक्षा पाँचदेखि दशसम्मका विद्यार्थीहरुले करिब एघार वटा नाटक मञ्चन गर्दैछन् । यि सबै नाटकहरु रङ्गकर्मी टंक चौलागाईंको लेखन निर्देशन र सुरज मल्ल, सुरज तमु, मन्जु गिरीको निर्देशन सहयोगमा तयार भएका हुन् । 

प्रज्ञा कुन्जले हरेक वर्ष एकल बाल नाटक महोत्सव आयोजना गर्दै आइरहेको छ । यो वर्ष पनि यो महोत्सवलाई निरतरता दिने छ । त्यसैगरी हरेक वर्ष विद्यालयका विद्यार्थीहरु नाट्य महोत्सवमा भाग लिन विभिन्न देशमा गइरहेका छन् । नाट्य निर्देशक सहित यो वर्ष १५ जना विद्यार्थी र एकजना शिक्षक फ्रान्समा सहभागी भए । यो विद्यालयका विद्यार्थीहरु पोल्यान्ड, बेलारुस, बंगलादेश, अष्ट्रेलियामा नाट्य उत्सवमा सहभागी भइसकेका छन् ।

यो नाटक सप्ताह जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म स्टुडियो थिएटर पिङ्गलास्थानमा मञ्चन हुने छ । ‘हाम्रो थिएटर टिम राम्रो छ । नाट्य विधालाई हामीले प्राथमिकताका साथ स्थान दिएका छौं । यसले भाषाको साथै विद्यार्थीहरुको सर्वाङगिन विकासमा मद्दत पुर्याएको छ ।’ विद्यालयकी प्रधानअध्यापक सुनिता पौडेल भन्नु हुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार