काठमाडौँ । विश्व सम्पदा क्षेत्रमा सुचिकृत पशुपतिनाथ परिसरको संरक्षकका रूपमा रहदैँ आएको पशुपति क्षेत्र विकास कोषले पुरातात्त्विक वस्तु, मूर्ति तथा यन्त्रहरूको महत्त्वलाई भुलेर व्यवारिसे अवस्थामा थन्किएको छ ।
पुनः निर्माणका नाममा पुरातात्त्विक सम्पदाहरूको उत्खनन तथा संरक्षणमा ध्यान नदिई विकास कोषले थन्किएर व्यवारिसे अविस्थामा राखेको हो ।
पशुपतिनाथ मन्दिर परिसरको दक्षिण ढोका अगाडिको बच्छलेश्वरी जात्रामा रथ राखेर पुजा गर्नुपर्ने यन्त्र पशुपति क्षेत्र विकास कोषले विना कुनै सुचना मनोमानी ढंगले उत्खनन गरेर व्यवारिसे अवस्थामा पुरातात्त्विक शिलालाई राखेको काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक तथा कामपा-८ का वडाअध्यक्ष आशामान संगतले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका वडा ८ अन्तरगत पर्ने पशुपतिनाथ मन्दिर परिसरका संरचना तथा पुनः निर्माणका लागि कोषले कामपा ८ सँग विना सुचना जथाभावी रूपमा उत्खनन गरेको वडाअध्यक्ष संगले जानकारी दिनुभयो ।
पशुपति क्षेत्र विकास कोषले आफैँ संस्कृति परम्पराको संरक्षण गर्नुपर्ने निकाय समेत रहेको र उक्त संस्थाबाटै बारम्बार संस्कृति सम्पदा विनाशको काम भईरहेको वडाअध्यक्ष संगलते बताउनुभयो ।
विकास कोषले बिना जानकारी यथास्थितिमा राखिएको यन्त्रलाई उत्खनन गरेको र यसलाई व्यवारिसे अवस्थामा राखिएकोमा स्थानीयले समेत हो र भर्सना गरेका छन । यस विषयमा पुरातत्त्व विभाग तथा अन्यत्र निकायको ध्यानाकर्षण समेत भएको छैन ।