लुम्बिनी एकेडेमीक कलेज 'आईएसओ सर्टिफाइड ९००१:२०१५' बाट प्रमाणित

दक्ष खबर 15660+ समाचार ( )
२७ श्रावण २०८०, शनिबार

काठमाडौँ । शैक्षिक क्षेत्रमा पहिचान बनाउँदै गरेको लुम्बिनी एकेडेमीक कलेज 'आईएसओ सर्टिफाइड ९००१:२०१५' बाट प्रमाणित भएको छ । 

नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत एवं कक्षा १२ तथा स्नातक तहका विभिन्न संकायका विद्यार्थीहरूलाई विदाई कार्यक्रममा कलेजलाई आईएसओ सर्टिफाइड  प्रमाणपत्र प्रदान गरिएको हो । 

कार्यक्रममा नेपाल रियलिस्टिक सोलुसनका प्रमुख कार्यकारी अधिकृत रोशन श्रेष्ठले लुम्बिनी एकेडेमीक कलेजका अध्यक्ष रमेश कोईरालालाई प्रमाणपत्र वितरण गर्नुभएको हो । 

२०६३ सालमा स्थापना भएको कलेज १७औँ वर्षमा आईएसओ सटिफाइड भएको हो । कलेजले विभिन्न संकायमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । 

हाल कलेजले कक्षा ११ तथा स्नातक तहमा विभिन्न विषयहरू पठनपाठन गराईरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार