काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी क्याम्पसमा यस वर्षको संस्कृत भाषा प्रशिक्षणको भर्ना शुरु भएको छ । भाषा प्रशिक्षणको लागि माघ २९ गतेसम्म भर्ना खुला गरिएको छ भने, फाल्गुन ६ गतेदेखि कक्षा सञ्चालन हुने जनाइएकाे छ ।
नेपाल संस्कृत विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयको माघ १४ गतेको पत्र अनुसार वाल्मीकि विद्यापीठमा प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण कार्यक्रम) मा अध्ययन गर्न इच्छुक विद्यार्थहरुका लागि माघ २९ गतेसम्म भर्ना खुला गरिएको छ सूचनामा जनाइएकाे छ ।
संस्कृत भाषा प्रशिक्षणका लागि एसएलसी, एसईई वा सो सरह उत्तीर्ण लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि २ प्रति, उत्तरमध्यमा वा सो सरह उत्तीर्ण लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि २ प्रति, पासपोर्ट साइजको फोटो २ प्रति आवश्यक रहने सूचनामा जनाइएको छ ।
थप सूचनाका लागि काठमाडौँ, भृकुटीमण्डप, प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठ, शैक्षिक प्रशासन शाखामा सम्पर्क राख्न अनुरोध गरिएको छ ।