नेपाल अकेष्ट्रा–११४३ : चार सय कलाकारको एकैपटक विभिन्न सांगितिक प्रस्तुती

दक्ष खबर 15672+ समाचार ( )
२८ जेठ २०८०, आइतबार

काठमाडौँ । अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसरमा काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति र ज्यापू महागुठीले 'नेपाल अकेष्ट्रा–११४३' आयोजना गरेको छ । शनिवार खुल्लामञ्चमा आयोजित अर्केष्ट्रामा चार सय कलाकारले एकैपटक विभिन्न बाजा बजाएका थिए । नेपाल अकेष्ट्रा–११४३ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्रीले हरेक जसो कार्यक्रममा भाषणले नै प्रमुखता पाउने भएकाले कार्यक्रमको महत्त्व नै घट्ने गरेकातर्फ सबैको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गीतको प्रवर्द्धनका लागि नेपाल सरकारको तर्फबाट विशेष सहयोग हुने बताउनुभएको छ । उहाँले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा नै गीत सङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै यस पटक पनि ज्यापू महागुठीले उठाएको माग सम्बोधन गर्ने विश्वास दिलाउनुभयो । उहाँले प्रधानमन्त्रीले हरेक जसो कार्यक्रममा भाषणले नै प्रमुखता पाउने भएकाले कार्यक्रमको महत्त्व नै घट्ने गरेकातर्फ सबैको ध्यानाकर्षण गराउनुभयो । बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले संस्कृति, कलाको संरक्षण गरेर मात्रै मुलुकभित्र पर्यटक भित्र्याउन र त्यसलाई आर्थिक विकासमा केन्द्रित गर्न सकिने बताउनुभयो । आगामी आवको बजेटमा काठमाडौँ उपत्यकाको कला संस्कृतिको संरक्षणका लागि बजेट व्यवस्थापन गरिने उहाँको भनाइ छ । बागमती प्रदेशभित्र नेवाः र तामाङ भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्ने वातावरण तय भएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँलाई सांस्कृतिक नगरी बनाउने सपना देखेको र त्यसलाई पूरा गर्न आफूहरूले मूर्त अमूर्त कला तथा संस्कृतिको प्रवर्द्धन गर्दै आएको बताउनुभयो । उहाँले देशभित्र रहेका बाजा घन्काउने उद्देश्य राखेकामा आज त्यो पूरा भएको उल्लेख गर्नुभयो । सांस्कृतिक विविधता, भाषाभाषी, सङ्गीतमा विविधता भएपछि एक अर्कामा अन्तरसम्बन्धित र एकीकृत रहेको उहाँको भनाइ थियो । मुलुकको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच एक आपसमा मिलेर अगाडि बढ्नु जरुरी रहेको उपप्रमुख डंगोलको भनाइ छ । त्यस्तै, ज्यापू महागुठीका अध्यक्ष राजभाई जकमीः ले युवा पुस्तालाई नेपाली कला तथा संस्कृतिको महत्त्व बुझाउनका लागि यस खालको कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले लोक सङ्गीतको संरक्षण र प्रवर्द्धनका लागि कार्यक्रम आफैँमा महत्त्वपूर्ण रहेको बताउनुभयो । सांस्कृतिक सहरको पहिचान बनाउन सफल काठमाडौँ महानगर पालिकाको संयुक्त प्रयासमा यस अकेष्ट्राको आयोजना गरिएको जकमीले जानकारी दिनुभयो । काठमाडाैँ महानगरपालिकाका सम्पदा तथा पर्यटन विभाग प्रमुख आशामान संगतले, स्वागत मन्तव्य राख्नुहुदैँ उहाँले बाजागाजाको संरक्षण सम्बर्द्धन तथा ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्पराको जगेर्ना तथा पुस्तान्तरण गर्न समेत यस्ता कार्यक्रमले ठूलो महत्त्व राख्ने बताउभयो । कार्यक्रममा ग्वलबाजा खल: पशुपति लगायत विभिन्न बाजा खल:, संघ संगठन, तथा काठमाडौं महानगर भित्रका विभिन्न सांस्कृतिक परम्पराका बाजाहरू तथा विभिन्न धुनका सांङ्गितिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार