समान ढंगले सन्तुलित विकास गर्ने गरी बजेट विनियोजन हुनुपर्छ : कांग्रेस

दक्ष खबर 15672+ समाचार ( )
४ जेठ २०८२, शनिबार

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ । शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले आफ्ना धारणा राखेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

उनले भने, ‘मुख्य रुपमा बजेटलगायत विविध विषयमा छलफल गरिएको हो । सांसदहरुले बजेट लगायत विविध विषयहरुमा खुलेर छलफल गर्नुभयो । गर्भनरको  विषयमा पनि कुरा उठ्यो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा चाँही सबैलाई समान ढंगले वितरण गर्नुपर्यो भन्ने कुराहरु पनि आए । बजेट कसरी वितरण हुन्छ भन्नेबारेमा सांसदहरुले प्रश्न गरेका थिए । साथै समान ढंगले र क्षेत्रगत रुपमा सन्तुलित विकास गर्ने गरी बजेट विनियोजन हुनुपर्ने कांग्रेस सांसदहरुले आफ्‌ना आफ्‌ना भनाईहरु राखे ।’

साथै संसदीय दलको बैठकमा ठूलो दलको हिसाबले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरुले आवाज उठाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार