गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाबाट निर्णयार्थ पेश हुन सकेन विधेयक

दक्ष खबर 16542+ समाचार ( )
४ माघ २०८१, आइतबार

गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाबाट नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ निर्णयार्थ पेश हुन सकेन । 

आईतवार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । प्रश्तावउपर सांसदहरुले छलफल गरी गृहमन्त्रीले जवाफ समेत दिइसक्नुभएको थियो । तर गणपूरक संख्या नपुगेको भन्दै प्रश्ताव निर्णयार्थ पेश भएन । सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले निर्णयार्थ पेश गर्न गणपूरक संख्या नपुग्ने भन्दै यकिन गर्न माग गर्नुभयो । तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा प्रश्ताव पेश गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेको सभामुख देवराज घिमिरेले बताउनु भयो । 

सभामुख घिमिरेले गणपूरक संख्या यकिन गर्दा प्रश्ताव पेश गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेकाले गणपूरक संख्या नपुगेको भन्दै कार्यसूचिबाट बाँकी कार्यक्रम हटाइएको घोषणा गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक सोमवार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै