काठमाडौँ । २८६०औँ सोनाम ल्होछारको अवसरमा लामोसाँघु युवा क्लबले तामाङ सेवा समाज सहकार्यमा बलेफी ८, लामोसाँघु बजारमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएकाे छ । उक्त कार्यक्रममा गायिका रचना रिमालको बेजोड प्रस्तुति रहने बताइएकाे छ । तामाङ समुदाएको संस्कृति प्रवर्धन संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।
लामोसाँघु युवा क्लबले बिगतका वर्षहरू झैँ यस वर्ष पनि ‘तामाङ जातीको कला, भाषा, धर्म, संस्कृतिको सम्वर्द्धन गरौँ राष्ट्रिय सोनाम ल्होछार २८६० लाई भव्य रूपमा सफल पारौं’ भन्ने मुल नाराको साथ तामाङ समुदायको महान पर्व २८६०औं (डुक ल्हो) सोनाम ल्होछारको अवसरमा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूको उपस्थितिमा बृहत साँस्कृतिक कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष चरीबहादुर तामाङले जानकारी दिनुभयाे ।
कार्यक्रममा प्रितम तामाङ, बल बहादुर वाईवा, महेन्द्र तिमल्सिना, भिमसेन खतिवडा, सुर्यमणि आचार्य, उमेश लामा, चन्द्रवती नेपाली, कुमार चालिसे, राजिसा दाहाल, तेज थिङ, दोर्जे तामाङ, साजन बाईवा, अमर तामाङ, बिदुर खड्का, स्मृति बजागाई, दिपक गोलेलगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने छ ।
कार्यक्रममा उदघोषक अरुण पराजुली रहनेछन । लामोसाँघु युवा क्लबले भिभिन्न समयमा भलिबल, फुटबल, दौड जस्त्ता धेरै खेल सम्बन्धि कार्यक्रमहरु पनि गर्दै आएको र आगामी दिनहरुमा पनि गर्दै जाने ,स्थानीय पर्यटनको प्रवर्धन गर्ने पनि जोड दिने क्लबका महा सचिब अरुण पराजुलीले जानकारी दिएका छन्।