काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा-६ अङ्गदधारा बौद्ध स्थित तामाङ राष्ट्रिय पुस्तकालयलाइ पुस्तक हस्तान्तरण गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा उक्त पुस्तकालयलाइ आवश्यक करिब ६० वटा पुस्तक आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जन तामाङलाइ पुस्तक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तीमाया तामाङ सदस्यहरु पशुपतिनाथ (श्याम) खतिवडा, जानुका भण्डारी श्रेष्ठ,लगायत तामाङ राष्ट्रिय पुस्तकालयका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तीमाया तामाङले शुभकामना मन्तब्य राख्दै मातृभाषा, साहित्य, संस्कृति र शिक्षाको उत्थान गर्ने उद्देश्यले स्थापना गरिएको पुस्तकालयलाई श्री बौद्ध नाथ क्षेत्र विकास समितिले पुस्तक हस्तान्तरण गर्न पाउदा खुसि लागेको बताइन । उनले उक्त पुस्तकालयलयलाइ प्रदान गरेको पुस्तक अध्ययन अनुसन्धानमा उपयोगी हुने बिश्वास ब्यक्त गरेकी थिइन ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख आतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले तामाङबारे अध्ययन, अनुसन्धान गर्न उक्त पुस्तकालय उपयोगी रहेको बताएका थिए ।
तामाङ समुदायका विभिन्न विषयमा लेखिएका पुस्तक एकैठाउँमा अध्ययन गर्न पाउने गरी स्थापना गरिएको उक्त पुस्तकालय लाइ श्री बौद्धनाथ क्षेत्र विकास समितिको तर्फ बाट सहयोग गर्न पाउदा खुसि लागेको बताए ।
उनले आगामी दिनमा पनि पुस्तकालयको आवश्यकताको आधारमा सहयोग गर्दै जाने बताए ।पुस्ताकालयमा तामाङ भाषामा लेखिएका, तामाङद्वारा लेखिएका, तामाङ अध्ययन (तामाङबारे लेखिएका), तामाङ दुर्लभ पुस्तक, थेसिस र अभिलेख राखिएको छ ।
त्यसैगरि तामाङ भाषाका पत्रपत्रिका, कोशलगायतका सन्दर्भग्रन्थ,जर्नल, सम्पादित पुस्तक, अनुसन्धानमूलक सामग्री र प्रतिवेदन, बौद्ध–स्वयम्भू–नमोबुद्ध सम्पदा र बौद्ध क्षेत्रका प्रकाशन, आदिवासी अध्ययन, महिला अध्ययन, हिमाली अध्ययन, भाषा र भाषाविज्ञानका पुस्तक तथा समग्री अध्ययन गर्न पाइनेछ ।