काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चैत पहिलो सातादेखि परीक्षा हुने बताइएकाे छ ।
चैत पहिलो सातादेखि परीक्षा गरेर असारको दोस्रो हप्ता नतिजा प्रकाशन गर्ने कार्यतालिकामा रहेको छ । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फारम छपाई र वितरण कात्तिक मसान्तसम्ममा गरिने बताइएकाे छ ।
जुन बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ । त्यस्तै, कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम मंसिर मसान्तसम्म भराउने जनाएकाे छ ।
त्यस्तै माघ पहिलो साता परीक्षाको समय तालिका प्रकाशन र परीक्षा केन्द्र निर्धारण गर्ने कार्यतालिका रहेकाे छ । २०८१ को साउन तेस्रो साता पूरक परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको छ ।