काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा बैठकका निर्णय सार्वजनिक गरेका छ्न् । बिहीबार यही वैशाख २५ गते र ३१ गते गरिएका २२ निर्णय आज नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् ।
उक्त निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताए । मन्त्री गुरुङले गभर्नर दुई–चार दिनभित्रै नियुक्त हुने दाबी गरे ।
उनले भने, ‘अब तलमाथि नभइकन दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौँ, गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा.विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो । त्यो डिफङ भयो । त्यसपछि फेरि पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ । डा.विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ ।’
यस्ता छन् निर्णयहरु :
१. २०८२ वैशाख ३० देखि १ गतेसम्म ग्ब्भ् को म्गदबष् मा आयोजना हुने ध्यचमि एयष्अिभ क्गmmष्त मा प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीलाई सहभागी हुन । स्वीकृति प्रदान गर्ने ।
२. महाकाली नदीमा विगत वर्षहरूको मनसुनका कारण सिर्जित जोखिम र आगामी मनसुनमा हुन सक्ने जलप्रवाहजन्य जोखिम भएका कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ८, ९, १० लाई तीन महिनाको अवधिका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने ।
३.२०८२ जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र कोरियामा आयोजना हुने क्ग्ध्इल् क्ष्त्क् ब्कष्ब एबअषष्अ ँयचगm मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
४. भूकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त शैक्षिक संरचना निर्माण गर्ने तथा । नेपाल सरकारमार्फत कार्यान्वयन हुने गरी वार्षिक बजेटमा व्यवस्था भएका मुलुकभरका ।सार्वजनिक विद्यालयहरूको भौतिक पूर्वाधारको निर्माण/पुनर्निर्माण/प्रबलीकरणका कार्य गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन । एकाइको कार्यक्षेत्र विस्तार गर्ने ।
५. २०८२ वैशाख ३० देखि जेठ १ गतेसम्म जापानमा आयोजना हुने क्ष्लतभचलबतष्यलब ि। त्चबष्लष्लन ध्यचपकजयउ यल क्mबचत ऋष्तष्भक ष्ल तजभ ब्कष्ब बलम तजभ एबअषष्अ मा सहभागी हुन काठमाडौं महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाहलाई स्वीकृति प्रदान गर्ने ।
६. २०८२ वैशाख ३० देखि जेठ १२ गतेसम्म जनवादी गणतन्त्र चीनमा आयोजना हुने क्झष्लबच यल भ्तजलष्अ एयष्अिष्भक बलम एचबअतष्अभक ायच द्यच्क्ष् एबचतलभच ऋयगलतचष्भक मा सहभागी प्रशासन मन्त्रालय हुन आदिवासी जनजाति आयोगका माननीय सदस्य डा. मीन बहादुर श्रीसलाई स्वीकृति प्रदान गर्ने ।
७. दोर्दी गाउँपालिका, लमजुङलाई जनवादी गणतन्त्र चीनको यूनान प्रान्तस्थित फुगोङ काउन्टिसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
८. लुम्बिनी प्रदेशका प्रमुख सचिव श्री बाबुराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) श्री कृष्णबहादुर राउत; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान प्रविधि) श्री विश्ववावु । पुडासैनी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेको विभिन्न मितिका वैदेशिक । भ्रमणहरू स्विकृत गर्ने ।