वडा नं. १२ र १६ फाइनल चरणमा भिड्दै

दक्ष खबर 16544+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

काठमाडौँ । दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ अन्तरगत आज सम्पन्न सेमिफाइनल चरणका खेलहरूमा वडा नं. १२, १६ फाइनल चरणमा प्रवेश गरेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं. २३ को आयोजनामा जारी दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ को आठौँ  दिन आज विभिन्न चारवटा वडाहरूबिचका खेलहरू सम्पन्न भएकाे हो ।  

प्रिक्वाटर फाइनल चरण पार गरेर सेमिफाइनलमा प्रवेश गरको पहिलो खेलमा वडा नं. १६ र वडा नं. ६ को खेलमा २-१ गोल अन्तरले वडा नं. १६ विजयी भएको हो । त्यस्तै, खेलमा रविन निरौलाले २ गोल गरेका थिए, भने वडा ६ का खेलाडी सानबो लामाले १ गोल गरेकन थिए । आजको खेलमा रविन निरौला म्यान अफ द म्याच घोषित भएका छन् ।

त्यस्तै, आजै भएको दोस्रो वडा नं. १२ र  वडा नं. २१ बिचको खेलमा वडा नं. १२ २-० गोल अन्तरले विजयी भएको छ । सोही खेलमा वडा नं. १२ का खेलाडी मनोज महर्जन ले २ गोल गरेका थिए भने, उहाँ नै म्यान अफ द म्याच घोषित हुनुभएकाे थियो । 

यो सँगै बुधबार हुने फाइनल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह उपस्थित रहने बताईएको छ भने, फाइनल खेल बिहान ९ बजेबाट शुुरूवात हुनेछ ।

खेलका विजेताहरू फाइनल चरणमा प्रवेश गरेकाछन् । खेलका विजेता टोलीले २ लाख रुपैयाँ, उपविजेता टीलीले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र गोलरक्षक १/१ जनालाई १० हजार रुपैयाँसहितको पुरस्कृत गरिने जनाइएको छ  । 

खुला उमेर समूहका पुरुष खेलाडीहरू बिच खेलहरू भएका थिए । नकआउटका आधारमा हरेक दिन खेलहरू बिहान ८ बजेदेखि १२ बजेसम्म भईरहेका थिए । 

प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने, ५ सय युवा कार्यक्रमका लागि परिचालित गरिएको 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार