अहिले विचौलिया राज छ, पार्टीदेखि आर्थिक संस्थाहरु कब्जामा छन् : स्वर्णिम वाग्ले

दक्ष खबर 16544+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन जरुरी रहेको बताउनुभएको छ ।

आईतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उहाँले आफू बैंक–व्यवसायी छुट्याउने पक्षमा रहेको बताउनु भयो । उहाँले अहिले विचौलियाको राज भइरहेको आरोप समेत लगाउनु भयो । उहाँले पार्टीहरु विचौलियाको कब्जामा रहेको र आर्थिक संस्थाहरु पनि कब्जामा रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो–‘बैंक–व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको छ, अहिलेको समयमा कतिको यो व्यवहारिक हो भन्दै एउटा समूहले प्रश्न उठाइरहेको छ । तर मेरो भनाइ छुट्याउनै पर्छ भन्ने नै छ । किनकी स्वार्थ बाझिन्छ । अहिले जुन विचौलिया राज जुन भइरहेको छ ।  पार्टीहरु कब्जामा छन् । आर्थिक संस्थाहरु कब्जामा छन । यो एकाधिकार बढ्दै जाँदा उनीहरु हावी हुने अवस्था आएको छ यसलाई हामीले तोड्नैपर्ने हुन्छ ।’

वाग्लेकाअनुसार भावनामा बगेर भन्दा पनि आवश्यक अध्ययन तथ्यका आधारमा बैंक–ब्यवसायी छुट्याउनेबारे निर्णय लिन जरुरी छ । अहिले गैर बैंकिङ सम्पती डरलाग्दो तवरले बढेको समेत उहाँले बताउनु भयो । न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार