प्याब्सक अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा काठमाडौँ विद्यालय प्रथम, मनास्लु दोस्रो, प्रोग्रेसिभ तेस्रो

दक्ष खबर 16544+ समाचार ( )
९ मंसिर २०८०, सोमबार

काठमाडौँ । निजि तथा आवासीय विद्यालय संंगठन काठमाडौँ प्याब्सनले 'प्याब्सक अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । जुगल नवगुरूकुलमा आयोजित एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको हो ।

उक्त हाजिरी जबाफ प्रतियोगितामा काठमाडौँ विद्यालय प्रथम भएको थियो भने, मनास्लु वल्र्ड स्कुल दोस्रो तथा प्रोग्रेसिभ स्कुल तेस्रो भएको हाे । जुगत स्कुलका प्रधानााध्यायापक रूपक लामिछानेको नेतृत्वमा सम्पन्न प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरूलाई विषयगत वस्तु तथा बाहिरी ज्ञानका लागि हाजिरी जवाफ प्रतियोगिता गरिएको प्याब्सनका अध्यक्ष राजन श्रेष्ठ धरातलले जानकारी दिनुभयो ।


हरेक वर्ष दशैँ तिहारको बिचमा प्याब्सनले गर्दै आईरहेको बुस्टर परिक्षामा ५०७ जना मध्ये उत्कृष्ट १० जना विद्यार्थीलाई पुरस्कृत गरिएको धरातलले जानकारी दिनुभयो । त्यस्तै, उक्त कार्यक्रममा करिव ३० वटा विद्यालय सहभागी रहेको अध्यक्ष धरातलले जानकारी दिनुभयो । कार्यक्रमकाे सभापतित्व प्याब्सनका अध्यक्ष राजन श्रेष्ठले गर्नु भएको थियो भने, प्रमुख आतिथ्यता बाग्मती प्रदेशका सांसद मिना पराजुली पोख्रेलले गर्नुभएको थियो ।

त्यस्तै,अतिथिका रूपमा एनप्याब्सनका केन्द्रका सचिव विष्णु पराजुली, एनप्याब्सन काठमाडौँ जिल्लाका अध्यक्ष अमृत खड्का, एनप्याब्सन काठमाडौँका बरिष्ठ उपाध्यक्ष मनोज अधिकारी, एनप्याब्सन काठमाडौँ सचिव रामबाबु सेढाई, बुनपा अध्यक्ष अध्यक्ष तेञ्जिन भुटिया, जुगल नवगुरूकुलका अध्यक्ष डिपि आचार्य लगायत विभिन्न हत र तप्काका शिक्षक तथा विद्यार्थीहरूको सहभागीता रहेको थियो । उक्त परिक्षाको संयोजन मिन प्रसाद कोईरालाले गर्नुभएको थियो । उक्त कार्यक्रम सञ्चालन प्याब्सनका महासचिव सुदिप काफ्लेले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार