असार १५ मा लायन्स क्लब अफ काठमाडौँ योङ्ग स्टार र सक्सेसको संयुक्त आयोजनामा रोपाइँ

दक्ष खबर 15656+ समाचार ( )
१६ आषाढ २०८१, आइतबार

काठमाडौँ । राष्ट्रिय धान दिवसका अबसरमा लायन्स क्लब अफ काठमाडौँ योङ्ग स्टार र लायन्स क्लब अफ काठमाडौँ सक्सेसले धान राेपेको छ । तारकेश्वर नगरपालिका जितपुरफेदी -३ मा क्लबले धान रोपाइँ सम्पन्न गरेको हो । 


२०२३/२४ का अध्यक्ष लायन संजय मुडबरी को अन्तिम कार्यक्रम मा रोपाइ को संयोजन  गर्नु हुने क्लब का सदस्य लायन ओम बहादुर खड्का लाइ विशेष धन्यवाद  दिदैँ कृषि कर्मलाई अंगाल्दै विभिन्न ठाउँबाट  लायन्स क्लबमा जोडिनुभएका तमाम ब्यक्तिहरूलाई समावेश गर्दै धान दिवसलाई अझै विशेष बनाउन रोपाइँ गरिएको लायन्स क्लब अफ काठमाडौँ योङ्ग स्टारका सचिव सुदिप सुवेदीले बताउनुभयो । 

उहाँले असार १५ को महत्त्वलाई हामी सबैले आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न स्थानमा रोपाइँ गर्दै कृषि कर्मलाई अगाडि बढाउन आम जनमानस लागि परेका छन् । 

प्रतिक्रिया

सुदिप सुबेदी १६ आषाढ २०८१, आइतबार

राम्राे काम धन्यवाद ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार