प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य

दक्ष खबर 16545+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

काठमाडाैँ । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधि सभाको चालु चौथो अधिवेशन सोमवार(आज) राति १२ बजेदेखि अन्त्य हुने भएको हो । 

आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो ।

सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो(आइतबार) राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाउनुभएको थियो । 

राष्ट्रपतिले पठाएको सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार