तोयम राया महालेखापरीक्षकमा नियुक्त

दक्ष खबर 16544+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तोयम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संबिधानको धारा २४० को उपधारा २ बमोजिम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो ।

रायालाई यस अघि संबैधानिक परिषदको बैठकले महालेखापरीक्षकमा सिफारिस गरेपछि संसदीय सुनुवाई समितीले सर्वसम्मतले अनुमोदन गरेको थियो ।
   

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार