काठमाडौँ महानगरपालिकाको साप्ताहिक सांस्कृतिक कार्यक्रम वडा ८ बाट शुरूवात

दक्ष खबर 16668+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको साप्ताहिक सांस्कृतिक कार्यक्रम वडा ८ बाट शुरूवात भएको छ । 

'सांस्कृतिक सहर, समृद्ध महानगर' भन्ने उद्देश्य सहित काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना, सांस्कृतिक महानगर अन्तरगत शनिबार साँझ कामपा वडा ८ मा रहेको भुवनेश्वरी डवलीबाट उक्त कार्यक्रमको शुरूवात भएको हो ।  

काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतले, " काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना, सांस्कृतिक महानगर अन्तरगत कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।"

 उहाँले, 'कामपा भित्रका विश्वसम्पदा क्षेत्रमा सुचिकृत क्षेत्रमा  पहिलो चरणमा कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।  त्यस्तै, पहिलो चरणमा सात वटा वडाहरूमा आयोजना गरिने बताउनुभयो ।'

 उहाँले, 'वडा नम्बर ५, ६, ८, १५, १८, २३ र २६ वडाहरूमा पहिलो चरणमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । त्यस्तै, स्थानीय बाजाहरूको सवली करण प्रवद्धन, सम्पदा संरक्षण एवं विश्व समुदायमाझ यसलाई अगाडि बढाउन कार्यक्रम अगाडि बढाइएको बताउनुभयो ।'

त्यस्तै उहाँले, 'भुवनेश्वरीको ऐतिहासिक डवलीमा पहिलो पटक बाजा प्रस्तुति गरिएको र अगाडि सातवटा शनिबार हरेक टोलटोलमा कार्यक्रम आयोजना गरिने बताउनुभयो ।' 

काठमाडौँका विभिन्न डवलीको सदुपयोग एवं बाजागाजाको प्रवद्धनका निम्ति यस्ता कार्यक्रमको आवश्यक रहेको सम्पदा विज्ञ मुकुन्दराज बैद्यले बताउनुभयो । 

नेवारी परम्परा अन्तरगतका विभिन्न बाजाहरू बाजामा धा: धिमे, पछिमा, खिं, मादल, नाय खिं, भुस्या, ता: चिम्ता, बबुचा, छुस्या लगायतबाजाहरू सहित मंगल धुन, असारे धुन, बुद्ध धुन, जय नम: बुद्ध, विश्व शान्ति, राजमति लगायत अन्य धुनहरू सहित बाजा सँगसँगै स्थानीय कलाकारको कला प्रस्तुति गरिनु सह्राननीय कार्य भएको स्थानीयहरूले  बताउनुभयो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार