काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले मन्टेश्वरी (ईसीडि) र नेल आर्ट सम्बन्धि तालिमको सञ्चालन गरेको छ । कामनपा वडा ८ को आर्थीक सहयोगमा गरिमा ट्रेनिङ ईन्ष्टिच्युट प्रा ली सँगको सहकार्यमा आजबाट तालिमकाे समुद्घाटन गरिएकाे हाे ।
वडाअध्यक्ष आशामान संगतले, "समाजमा रहेका हरेक महिलाहरु सक्षम रहनु आजको आवश्यकता भएकाे बताउँदै आगामी दिनहरुमा हुने तालिमहरुमा महिलाहरुको उल्लेख्य सहभागी रहने अपेक्षा गरेको बताउनुभयाे ।
उहाँले, "वडाको लगानीमा आफुले सिकेको सीपलाई समाजका विभिन्न माध्यमबाट प्रस्तुत गर्न आग्रह गर्दै तालिमकाे भरपूर रुपमा सदुपयोग गर्न स्थानीयहरूलाई आग्रह गर्नुभयाे ।" उहाँले, समाजमा रहने हरेक सीपहरुलाई आफु अनुकुल अगाडी बढाउनुको विकल्प छैन तसर्थ, हरेक परिस्थितिलाई मध्यनजर गर्दै अगाडी बढ्नु आजको आवश्यकता हो, संगतले बताउनुभयो ।
हामिले सिकेको सीपलाई सहि ठाउँमा सदुपयोग नगरे यसको कुनै फाइदा छैन । तालिम सिकेर व्यवसाय तर्फ तपाईहरू अग्रसर भए मात्र यस तालिमले सफलता पाउने संगतले बताउनुभयाे ।
त्यस्तै, वडासदस्य सलोनी ओडारीले,"सिटिइभिटि सँगकाे सहकार्यमा तालिम पछि सहभागीहरूलाई आधिकारिक प्रमाणपत्रको व्यवस्थापन गरिएको बताउनुभयाे । उहाँले, 'छनोट भएका महिलाहरूलाई आजबाट तालिमको शुरूवात गरिएको र दैनिक पाँच घण्टा तालिम प्रदान गरिने बताउदैँ समय बितेको सहभागीहरूले पत्तो नपाउने बताउनुभयाे । विगतको अनुभव सुनाउँदै उहाँले भोलीका दिनमा तालिम सिकेर सफल शिक्षिका बन्न सहभागीहरूलाई आग्रह गर्नुभयाे ।
उक्त कार्यक्रमको लागत करिव सात लाख हाराहारी रहेको र तालिम नेल आर्टकाे १ महिना र मन्टेश्वरीकाे ६५ दिनकाे अवधीको रहेको छ । तालिममा करिव ४० जना महिलाहरुको सहभागिता रहेको छ । जसमा मन्टेश्वरीमा २० जना र नेल आर्टमा २० जना सहभागी रहेका छन् । मन्टेश्वरीको तालिम अनुसा माथेमा र ममता केसीले दिनुहुने छ भने, नेल आर्टको तालिम विन्ध्या जोशि र संगीता चौधरिले दिनुहुनेछ ।
तालिमकाे समुद्घाटन समारोहमा काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामनपा ८ का वडाअध्यक्ष आशामान संगत, वडासदस्यहरू सरस्वती राज भण्डारी, सलोनी ओडारी, शेखर देउला, राजलक्ष्मी भुसाल र वडाका सचिव सत्यदेव पण्डित लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।