सामाजिक सञ्जाल सम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा

दक्ष खबर 15672+ समाचार ( )
२६ पौष २०८१, शनिबार

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने बताउनुभएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ‘सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेको बताउनु भयो ।

उहाँले सामाजिक सञ्जालको प्रयोगकर्ताहरुले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक सञ्जाल भनेको संसद बाहिरको संसद भएको बताउनु भयो । उहाँले शासन प्रणाली बदलिएको भएपनि शासनको शैली अझै बदल्न नसकेको बतउनु भयो । उहाँले विधेयकमाथि सरोकारवालाहरुसँग छलफल र बहस गरेर मात्रै ल्याउनुपर्नेमा सरकारमै रहेको नेपाली काँग्रेससँग पनि पर्याप्त छलफल नभएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी छ । राजनीतिले पनि आफूभित्र परिवर्तन खोज्नु भनेको छ । सामाजिक सञ्जालको प्रयोगकर्ताहरुले पनि यसको प्रयोग गरिरहँदै गर्दा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी छ । सामाजिक सञ्जाल भनेको संसद बाहिरको संसद हो । यो संसदले सही ढंगले फिडब्याक दिने कर्म ग-यो भने, यो बाहिर रहेको संसदमा सही प्रश्नमा सही ढंगले खबरदारी ग-यो भने भित्र रहेको संसदले आफूलाई अझ बढी जिम्मेवार बनाउन, देश जनताको मुद्दाप्रति अझै गम्भीर बन्न, आफूलाई परिमार्जित गर्नका लागि सजिलो हुन्छ । ’

उहाँले, 'शासन प्रणाली बदल्यौँ तर शासनको शैली अझै बदल्न सकेका छैनौँ । यो विधेयक आउँदै गर्दा आम सरोकारवालाहरुसँग छलफल हुनुपर्दथ्यो । तर सरकारमै रहेको मुख्य दुई दलको बीचमा पनि गहन संवाद भएन । त्यसले के बताउँछ भने शासन गरिरहँदाको शैली मोर डेमोक्रेटी हुनुपर्दथ्यो, अपनत्वको अनुभुति हुनुपर्दथ्यो । अहिले सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक आएको छ । यो विधेयक आवश्यक संवादपछि, छलफलपछि, परिमार्जनपछि मात्रै पास हुन्छ । ’

महामन्त्री शर्माले प्रतिनिधि चुनिएका व्यक्तिहरुले नै लोकतन्त्रलाई हनन गरेको उदाहरण कतिपय ठाउँमा रहेको भन्दै यसमा गम्भीर बन्नुपर्ने बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार