विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित

दक्ष खबर 16544+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।

बुधबार भएको तेस्रो खेलमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । नेपालले १२.३ ओभरको खेलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । 

नेपालका लागि ओपनर साहिल पटेल ४२, कप्तान नरेन भट्ट ३९ र निरज यादवले २३ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार