समावेशितालाई अझ बढी पारदर्शी र उत्तरदायी बनाउनुपर्छ : शेरबहादुर देउवा

दक्ष खबर 16544+ समाचार ( )
६ अशोज २०८१, आइतबार

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश समावेशी, समानुपातिकको आधारमा समाजलाई लैजाने दिशामा अघि बढिरहेको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देश समावेशी समानुपातिक दिशामा अघि बढिरहेको र नेपाली काँग्रेसले यसको नेतृत्व गर्नुपर्ने बताउनु भयो । उहाँले समानुपातिक र प्रत्यक्ष निर्वाचनको सम्बन्धमा केही समस्या रहेको भएपनि समावेशी अति आवश्यक रहेको बताउनु भयो । उहाँले देशमा समावेशी प्रणाली मात्रै नभइ समावेशी समाज रहेको बताउनु भयो । समावेशितालाई अझ बढी पारदर्शी र उत्तरदायी बनाउनुपर्ने बताउनु भयो । उहाँले अक्र बढी उत्तरदायी व्यवस्था बनाउनुपर्ने र त्यसका लागि उत्तरदायी पार्टीको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले जनता महत्वपूर्ण भएकाले काँग्रेसलाई अझ बढी जनताको पार्टी, उत्तरदायी पार्टी बनाउने काममा अहिलेदेखि नै लागे आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘समानुपातिक र प्रत्यक्ष चुनावको सम्बन्धमा केही समस्या छन् । कसैले प्रत्यक्ष चुनाव लड्नुपर्ने, कसैले नाम राखेबापत एकै पटक समानुपातिकमा आउनुपर्ने । अर्को कुरा समावेशी अति आवश्यक पनि छ । यो देशमा समावेशी प्रणाली मात्रै होइन, समावेशी सोसाइटी छ । समावेशितालाई अझ बढी पारदर्शी मात्रै होइन, उत्तरदायी बनाउनु पर्छ । हामीले भोलिका दिनमा अझ बढी उत्तरदायी व्यवस्था बनाउनु छ । उत्तरदायी व्यवस्थाका निम्ति उत्तरदायी पार्टी बनाउनु छ । यो काममा हाम्रा पार्टीका नेताहरु सबै जना हुनुहुन्छ । अब बहसको शुरुवात भएको छ । यो बहसले सबै क्षेत्र, सासाइटीको सबै तप्कामा यस्तो बहसले सार्थकता पाउनेछ । हाम्रो देश एउटा समावेशी, समानुपातिकको आधारमा समाजलाई लैजाने दिशामा अघि बढिरहेको छ । हाम्रो पार्टीले यसको नेतृत्व गर्नुपर्छ । अझ बढी जवाफदेही बनाउँदै हाम्रो पार्टीलाई भोलिका दिनमा काँग्रेस पार्टीले मात्रै सबैकुरा गर्नसक्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ । त्यसलै जनता महत्वपूर्ण कुरा हो । जनता यो देशको मालिक हो । त्यसैले सार्वभौम सम्पन्न जनता भनिएको हो । जनताको समर्थन अत्यन्त आवश्यक हुन्छ । काँग्रेसलाई अझ बढी जनताको पार्टी, उत्तरदायी पार्टी बनाउने काममा अहिलेदेखि नै लागे भोलिका दिनमा एक्लैले पनि बहुमत ल्याउँछ । मलाई विश्वास छ हाम्रो पार्टीले गर्नेछ । अहिलेको अवस्थामा एउटै पार्टीको बहुमत आउन धेरै गाह्रो छ । यो वास्तविकता हो । तर यसका बाबजुत पनि हाम्रो पार्टीलाई बहुमत ल्याउन हामी सबैले काम गरे सफल हुनेछौँ ।’

सभापति देउवाले समावेशितालाई अझ बढी पारदर्शी, जनताको विश्वास प्राप्त गर्ने प्रणाली बनउन जरुरी रहेको बताउनु भयो । नेपाललाई सबै नागरिकले निर्धक्कसँग आफ्नो अधिकार प्राप्त भएको मुलुक बनाउन जरुरी रहेको बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार