गोदावरी नगरपालिकाको नगरसभा सम्पन्न
२६ मंसिर
२०८०, बिहीबार
ललितपुर। ललितपुरको गोदावरी नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गरेको छ । त्यसअघि नगरपालिकाको प्रशासकीय भवन बज्रबाराहीमा नगरप्रमुख गजेन्द्र महर्जनले आज नगरसभाको उद्घाटन गर्नुभएको थियो ।
नगरसभामा चालु आर्थिक वर्ष २०८०\८१ को बजेट तथा कार्यक्रमको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गरिएको थियो । प्रगति समीक्षा प्रतिवेदन नगर प्रवक्ता मिलन सिलवालले प्रस्तुत गर्नुभएको थियो । नगरसभामा नगरका सबै वडाध्यक्षको उपस्थिति थियो ।
नगरप्रमुख महर्जनद्वारा प्रस्तुत विषय र कार्यसूची नगरसभाले पारित गरेको छ । सभामा नगरप्रमुख महर्जनले नगरपालिकाको चालु आव २०८०\८१ को हालसम्मको नीति, योजना तथा बजेटको प्रगति, बजेट तथा कार्यक्रम संशोधन, नगरपालिकाको शिक्षा ऐन, २०७९ पहिलो संशोधन, निर्माण कार्य वस्तुको प्रयोगशाला परीक्षण दररेट स्वीकृतिसम्बन्धी, नगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलगायतसम्बन्धी कार्यसूची प्रस्तुत गर्नुभएको थियो ।