काठमाडौँ । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएकाे छ ।
आइतबार सिंहदरबार स्थित गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएकाे हाे । पदभार अघि उहाँले शहीदप्रति श्रद्धान्जली अर्पण गर्नुभएकाे थियाे ।
जेनजीहरुको भोटिङमार्फत उहाँ शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएकाे हाे ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा बसिरहनु भएकाे छ ।