काठमाडौँ । अनुसा सिनेउड पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘कुस्ती’ र आइ.आइ.एफ.टी. स्कुल अफ फेसन डिजाइनिङबीच सम्झौता भएको छ ।
मंगलबार आयोजित कार्यक्रममा चलचित्रका लागि आवश्यक सम्पूर्ण पहिरनहरू आइ.आइ.एफ.टी.का विद्यार्थीहरूले डिजाइन गर्ने सहमति गरिएको हो।
सम्झौता हस्ताक्षर कार्यक्रममा चलचित्रका निर्देशक अनिल योञ्जन, मुख्य कलाकार धीरज मगर र मेरुना मगरको उपस्थिति थियो ।
निर्देशक अनिल योञ्जन र आइ.आइ.एफ.टी.का पदाधिकारीहरूले औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान गरेका हुन् ।