सिटिजन लिडर्स नाइटको सातौँ संस्करण सम्पन्न

दक्ष खबर 16544+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको सातौँ संस्करण सम्पन्न गरेको छ ।  ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका हजारौँ अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थीक वर्ष २०८०/०८१ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल सयौं सिटिजन लिडर र अभिकर्ताहरुलाई सम्मान गरिएको हाे ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताउनुभयाे ।


समापनको अवसरमा अध्यक्ष प्रदिप जङ्ग पाण्डेले ’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी रहेकाे छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताउनुभयाे ।

त्यस्तै, कार्यक्रममा देशभरी रहेका सयौं ब्रान्चहरुमध्ये १० वटा उत्कृट शाखा कार्यालयहरु पनि सम्मानित भएका छन् । कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे सहित सञ्चालक समितिका सदस्यहरुको समुपस्थितीमा कार्यक्रम  सम्पन्न भएको हाे । कार्यक्रममा लोक दोहोरी गायिका अस्मिता अधिकारी र कर्ण शाक्यको उपस्थिती रहेको थियो ।कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण श्रेष्ठकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा ३१९ जना सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो । जसमा कम्पनीको सिल्भर क्लब अन्तर्गत १७५ जना, गोल्ड क्लब अन्तर्गत ९६ जना, डाइमण्ड क्लब अन्तर्गत ४० जना, प्लाटिनम क्लब अन्तर्गत ५ जना र सिटिजन स्टार अन्तर्गत ४ जना एजेन्सीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियाे  । 

प्रतिक्रिया

सुदिप सुवेदी २२ श्रावण २०८१, मङ्गलबार

धन्यवाद

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार