काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले लामिछाने जिल्ला अदालतमा आफैँ हाजिर भएका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री समेत रहेका लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए ।
तर, हिजो शनिबार परेकाले उहाँ आइतबार बिहानै अदालत पुग्नुभएको हो । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको आरोप रहेको छ ।
ती जिल्लामा पनि लामिछानेविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ ।