शितलहर र चिसोले प्रभावित जनकपुरवासीको जनजीवन, उडान ठप्प

दक्ष खबर 15672+ समाचार ( )
१७ पौष २०८१, बिहीबार

काठमाडाैँ । मधेस प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरुमा शितलहरका कारण जनजीवन प्रभावित बनेको छ । एकाएक चलेको चिसो हावा र गतराती शितको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको हो ।

अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजिवन ठप्प छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन बिहान १० बजेसम्म ठप्प नै हुन्छ । हुस्सु दिउँसो मात्रै खुलने गरेको स्थानीयहरु बताउँन्छन् । चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या छ ।

अहिलेको मौसमले बालबालिकाहरुलाई बढी असर गरिरहेको स्थानीयको भनाइ छ । केही दिनपछि मौसम खुल्ने अनुमान गरिएको स्थानीय बताउँछन् । बाक्लो हुस्सु/कुहिरोका कारण जनकपुरमा विमानहरुले उडान भर्न सकेको छैन ।

स्थानियहरु आगो तापेर तथा ग्रामिन भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जसका कारण आगोमा पोल्ने दुर्घटनाको पनि जोखिम छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार