‘प्रहरी समायोजन राज्यको कर्तव्य हाे’ : गृहमन्त्री

दक्ष खबर 16544+ समाचार ( )
२७ मंसिर २०८१, बिहीबार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने स्पष्ट पार्नुभयो । “प्रहरी समायोजन प्रदेश सरकार, मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीका लागि मात्रै होइन, यो त राज्यको कर्तव्य हो”, उहाँले भन्नुभयो, “प्रहरी समायोजनका लागि निरन्तर छलफल गरौँ, समायोजनसम्बन्धी कानुनलाई थप परिमार्जन गरेर टुङ्ग्याउनु अघि तत्काललाई केही प्रबन्ध गर्न सकिन्छ ।”

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले शान्ति सुरक्षा प्रदेश सरकारको अधिकार भए पनि आवश्यक संरचना नहुँदा प्रदेश सरकारले परिणाम देखाउन नसकेका बताउनुभयो । “सङ्घीय सरकारले प्रदेशलाई अधिकार दिन कुनै कञ्जुस्याइँ गर्न हुँदैन”, उहाँले भन्नुभयो, “पुरातन ढङ्गको कार्यशैलीबाट अब अघि बढ्न सकिँदैन, प्रदेश सरकारलाई कार्यसम्पादनमा परेका अप्ठ्यारो हल गर्न संवेदनशील भएर लाग्नुपर्छ ।”

कार्यक्रममा विभिन्न प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुले प्रदेश सरकारका अधिकारसम्बन्धी कानुन तत्काल निर्माण गरेर सङ्घीय सरकारले प्रदेश सरकारको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा सातै प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिवले भूगोल, जनसङ्ख्या, जनघनत्व, शान्ति सुरक्षा, अपराध नियन्त्रण, जोखिम, अवसर र चुनौतीसहितको प्रस्तुति राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार