मुख्यमन्त्री आचार्यले सुस्ता क्षेत्रका किसानको समस्या समाधान गरिने जनाउँदै प्रदेश सरकारबाट हुने हरेक काममा सुस्ता क्षेत्र प्राथमिकतामा परेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले नारायणी नदीमा बनेको झोलुङ्गे पुलले सुस्तामा बसोबास गर्नेलाई सबै हिसाबले समृद्ध बनाउने आशा व्यक्त गर्नुभयो ।