सेन्ट लरेन्स कलेजमा अध्यापनरत ४५ जना शिक्षकहरूलाई 'एमिस' तालिम प्रदान

दक्ष खबर 16544+ समाचार ( )
१ पौष २०८१, मङ्गलबार

काठमाडौँ । सेन्ट लरेन्स कलेजले स्नातक र स्नातकोत्तर तहमा अध्यापनरत ४५ जना शिक्षकहरूलाई तालिम प्रदान गरेको छ । कलेजले शिक्षक तथा प्रशासनिक स्टाफहरूलाई 'एमिस' तालिम प्रदान गरेको हो ।  

सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दङ्गालले, 'किताबको ज्ञानले मात्र शिक्षकहरूमा निखार नआउने र बास्तविक ज्ञानका लागि तालिमको आवश्यकता भएकाे बताउनुभयाे ।' अध्यक्ष दङ्गाले, 'शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरिएको बताउनुभयो ।'

उहाँले, 'मानिस चेतनशील प्राणी भएकाले जीवनभरी नै जतिअध्ययन गरेपनि नसकिने भएकाले पठनपाठनका अतिरिक्त नयाँ किसिमका तालिमहरूको पनि आवश्यक रहेको बताउनुभयो ।' 


त्यस्तै, क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले, 'शिक्षकहरूमा रहेको क्षमतालाई अग्रणी भुमिकामा प्रस्तुत गर्न तथा नयाँ ज्ञान सीप प्रदान गर्ने हेतुले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।' उहाँले, 'विद्यार्थीलाई दिने शिक्षा र शिक्षक आफुले ग्रहण गर्ने शिक्षाको स्तरमा फरक पर्ने बताउनुभयो ।'

उक्त तालिममा अल्पाइन एक्नोलोजी म्यानेजमेन्टका निर्देशक सुधीर राईले शिक्षकहरूलाई विभिन्न विषयमा तालिम प्रदान गर्नुभएको थियो । उक्त तालिमबाट कलेजले आफ्नो विभिन्न तथ्याङ्कहरूलाई व्यवस्थित रूपमा राख्नको लागि सहयोग गर्नेछ । 

सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दङ्गालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन, निर्देशक विष्णु हरि न्यौपाने, प्रधानाध्यापक तारा प्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार