मुलुकलाई निकास दिन नेपाली विशेषतामा आधारित समाजवाद आवश्यक छ : महासचिव नेत्रविक्रम चन्द

दक्ष खबर 16544+ समाचार ( )
१५ पौष २०८१, मङ्गलबार
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले मुलुकलाई निकास दिनको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई पुँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले नेपाली विशेषतामा आधाररित समाजवाद ल्याउन सकेमात्रै मुलुकमा राजनीतिक स्थायित्व दिन र मुलुकको साशकीय स्वरुप परिवर्तन समाजवादबाट मात्र हुने उहाँको जिकिर छ । मुलुकमा अझै पनि एक प्रकारको उकुसमुकुस र अशान्ती कायमै रहेको उल्लेख गर्दै उहाँले समाजवादी मोर्चाको गठनसँगै जनतामा आशा पलाउन थालेको बताउनुभयो । 

महासचिव चन्दले भन्नुभयो, ‘नेपालको एउटा निर्विकल्प निकाश भनेको समाजवाद हो । नेपाललाई पुँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि निकास दिने नेपाली विशेषताको समाजवाद हो । आजको दिनमा नेपालको सन्दर्भमा वैज्ञानिक समाजवादमा सहमति बन्न सक्दैन भनेपनि समाजवादी पार्टीहरुको बीचमा एउटा सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् त्यसलाई अगाडि लग्नुपर्ने जरुरी छ । जसले राजीतिक स्थिरता दिनसक्छ । शासकीय प्रणालीको स्वरुपमा परिवर्तन गर्नसक्छ । व्यवस्थापीक प्रणालीलाई पनि सुधार गर्नसक्छ ।’

समाजवादी मोर्चालाई अझै सक्रिय बनाउन सबै दलहरु एक भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार